काठमाडौँ – सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा २९१ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आव ०७५÷७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको हो ।
बैंकले गत त्रैमासिक ०७५ ÷७६ मा असोज मसान्तमा भन्दा ११६.९८ प्रतिशतले वृद्धि सञ्चालन मुनाफा वृद्धि गर्न सफल भएको पनि जनाएको छ । बैंकको ०७४÷७५ को असोज मसान्तसम्ममा रु १ करोडभन्दा बढी घाटा बेहोर्नु परेको थियो ।
बैंकले पहिलो त्रैमासिकमा अघिल्लो सोही महिनाको तथ्यांकमा पनि ३०० प्रतिशतले वृद्धि गर्न सफल भएको थियो ।
बैंकले गत अवधिको तुलनामा यस वर्ष निक्षेप तथा कर्जा लगानीमा पनि वृद्धि गरेको र बैंकले निक्षेपमा २५.८२ प्रतिशतले वृद्धि गरेको र कर्जा लगानीमा २४.२२ प्रतिशतले वृद्धि गरेको छ ।
प्रतिक्रिया