काठमाडौं - मर्जरको कारण ५ वटा बाणिज्य बैंकको शेयर कारोबार रोक्का छ । केहि दिन अगाडी ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का भए सँगै ३४ अर्ब ४१ करोड रुपैयाँको कारोबार बन्धक छ ।
नविल बैंक सँग गाभिने संझौता गरेको नेपाल बंगलादेश बैंकको पनि १० अर्ब रुपैयाँको शेयर कारोबार बन्द छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले पनि मर्जरमा जाने सहमति गरे सँगै ३४ अर्ब ४२ करोड रुपैयाँ पूँजी रोकिएको छ ।
नेपाल राष्ट्र बैंकले यहि असार भित्रमा बाणिज्य बैंकहरुलाई मर्जरका लागि दवाव दिएको छ । यहि असार भित्रमा मर्जरको सहमति नगर्ने बैंकहरुलाई नेपाल राष्ट्र बैंकले दिने सुविधा पनि नदिने गभर्नर महाप्रसाद अधिकारीको अभिव्यक्ति सँगै केहि बैंकहरु जोडी खोज्न सक्रिय छन् ।
प्रतिक्रिया