फेरी  २१ रुपैयाँ बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १९९ रूपैयाँँ पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

नेपाल आयल निगमले आइतबार राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ भारी वृद्धि गरेको हो ।

 निगमका अनुसार पेट्रोल प्रतिलिटर १९९ रूपैयाँँ डिजेल र मट्टितेल प्रतिलिटर १९२ रूपैया पुगेको छ । निगमले पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको हो। 

३ बर्ष अगाडि

प्रतिक्रिया