काठमाडौं-साताको पहिलो कारोबारको दिन (आइतबार) पनि शेयर बजार ओरालो लागेको छ ।
लगातार ओरालो लाग्दै २००० बिन्दुबाट तल झरेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १० करोड २९ लाख ८९ हजार ७६१ रुपैयाँको कारोबार भएको हो ।
यस दिन नेप्से सूचकसँगै सबै उपसमुहको परिसूचक पनि आरोलो लागेको छ । सबै भन्दा धेरै हाइड्रोपावर उपसमुहको सूचक ३.८५ प्रतिशतले घटेको छ । यस्तै फाइनान्स उपसमुहको सूचक ३.५९ प्रतिशत र म्युचुअल फण्ड उपसमुहको सूचक पनि ३.१० प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन उपसमुहको सूचक भने सबै भन्दा कम ०.६८ प्रतिशतले घटेको छ ।
उच्च अंकले घटेको बजारमा आँधीखोला लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढ्दा प्रभु लाइफ इन्स्योरेन्स र सिवाईसी नेपालको शेयर मूल्य पनि ४ प्रतिशतले बढेको छ ।
यता रिभर फल्स पावरको शेयरमूल्य भने नकारात्मक सर्किट लभेलमा कारोबार भएको छ । कारोबारमा आएको केहि दिनमै कम्पनी शेयर मूल्य १० प्रतिशतले घटेको हो ।
प्रतिक्रिया