आज यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) पनि शेयर बजार ओरालो लागेको छ ।

लगातार ओरालो लाग्दै २००० बिन्दुबाट तल झरेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ । 

आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १० करोड २९ लाख ८९ हजार ७६१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एसीसी बैंकको ५ करोड ६४ लाख, सेन्चुरी कमर्सियल बैंकको ४ करोड ८२ लाख, नबिल बैंकको ४ करोड ७ लाख र एनआइसी एशिया बैंकको ३ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया