नेपालको आगामी आर्थिक वर्षको बजेटको विश्व बैंकद्धारा स्वागत

३ बर्ष अगाडि

काठमाडौं - विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले नेपालको आगामी आर्थिक वर्ष २०७९/०८०को बजेटको स्वागत गरेकी छन् ।

अर्थमन्त्री जनार्दन शर्मासँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा उनले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएको भन्दै खुसी व्यक्त गरेकी हुन् ।

पास्तेन्जुले नेपालको विकास साझेदारको रुपमा विश्व बैंक सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पु¥याउने प्रतिवद्धता जनाइन्।

उनले विश्व बैंकसँग लामो समयदेखिको सम्बन्ध र विकास साझेदारीको प्रशंसा गरे । पछिल्लो समय विश्व बैंकले कोभीड–१९ पछिको परिस्थितिसँग जुध्न १ सय २२ मिलियन अमेरिकी डलर बराबरको बित्तीय सहयोग उपलब्ध गराएको थियोे । विश्व बैंकले विद्युत् प्रशारणलाईन सबस्टेसन सडक पूर्वाधारजस्ता आयोजनामा पनि सहुलियपूर्ण ऋण सहायता उपलब्ध गराउँदै आएको छ ।

सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको बित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य सुरु भएको थियो । विश्व वैंकले नेपालमा हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्री शर्माका अनुसार केही महत्वपूर्ण आयोजनाहरू सम्झौताको चरणमा पनि छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया