काठमाडौं- नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले पनि लगानीकर्ताको आन्दोलनलाई समर्थन गरेको छ ।
नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आज एक विज्ञप्ति जारी गर्दै लगनीकर्ताका यथोचित मागहरु छिटो सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य मागहरु सम्बोधन गर्न नेपाल सरकारसँग माग गरेको छ । साथै बोर्ड कर्मचारी युनियनले आमरण अनशनमा बस्दै आएका लगानीकर्ता तिलक कोइरालाको जिउधनको सुरक्षा गर्न पनि जोडदार माग गरेको छ ।
यता लगानीकर्ताले आज नेपाल राष्ट्र बैंक घेर्दै छन् । लगानीकर्ताहरुले ‘स्थिर ब्याजदर लागु गर,’ ‘४/१२ को नीति खारेज गरे,’ ‘नीतिगत भ्रष्टाचार अन्त्य गर’ जस्ता नारा लगाएर प्रर्दशन गर्दै आएका छन् ।

प्रतिक्रिया