नेपाल पुनर्बीमाको लाभांश घोषणा,बोनस कति प्रतिशत ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असार ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ।

नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया