लगानीकर्ताहरुले राष्ट्र बैंक घेराउ गर्ने, १९ बुँदे माग पुरा गराउन विभिन्न दबाबमूलक कार्यक्रम

४ बर्ष अगाडि

आज शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंक घेराउ गर्ने भएका छन्। १९ बुँदे माग पुरा गराउन विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका लगानीकर्ताले आइतबार केन्द्रीय बैंक अगाडि प्रदर्शनी गर्ने भएका हुन्।

१९ बुँदे मागसहित लगानीकर्ता तिलक कोइराला नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बस्दै आएका छन्। उनको अनशन गत पाँचदिनदेखि जारी छ। कोइरालाको समर्थनमा लगनीकर्ताहरुले दैनिक रुपमा प्रदर्शनी गर्दै आएका छन्।

आज १ बजे केन्द्रिय नगहनापोखरिदेखि केन्द्रीय बैंकसम्म प्रदर्शनी गर्ने लगानीकर्ताहरुको तयारी छ। उनीहरुले शान्तिपूर्ण रुपमा केन्द्रीय बैंक परिसर बाहिर प्रदर्शनी गर्ने भएका हुन्।

४ बर्ष अगाडि

प्रतिक्रिया