प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, ३६५ कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबार दिन(आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ७.५६ अंक घटेर १९७१.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४५ अंक बढेर १९७१.८४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

आइतबार प्रि ओपन सेसनमा ७ स्टकको ९५ हजार ६६६ रुपैयाँ बराबरको ३६५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ र ३ स्टकको मूल्य स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया