गत साता  ७६.७८ अंकले घटेको नेप्सेको यात्रा यस साता कता ?

४ बर्ष अगाडि

काठमाडौं- गत साता नेप्से परिसूचक करिब ४ प्रतिशत घटेको छ। गत साता २०४८.१६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से), यस साता ३.७५ प्रतिशत अर्थात ७६.७८ अंक घटेर १९७१.३८ विन्दुमा झरेको छ।

बजार खुलेका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार घटेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साता बिहीबार मात्र नेप्से उकालो लागेको हो। बाँकी कारोबार दिन नेप्से ओरालो लागेको थियो।

यस अनुसार यस साता नेप्से ओरालो लागेमा १९०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने २२५९।५२ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै नकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ।

गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर भएको छ। यस साता दैनिक औषतमा १ अर्ब १२ करोडको शेयर कारोबार भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम १ खर्ब २० करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ७।०२ प्रतिशत कम हो।

गत साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ५.९९ प्रतिशत घटेको छ भने म्युचुअल फण्ड उपसमूहको सबैभन्दा कम १.६३ प्रतिशत घटेको छ।

बैंकिङ्ग उपसमूहको परिसूचक भने गत साता २.८२ प्रतिशत घटेको थियो। अघिल्लो साता १४०८.९१ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, गत साता ३९.७८ अंक घटेर १३६९.१३ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १३०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा तल रहेको छ। यसले यस उपसमूहको अझै पनि नकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ।

४ बर्ष अगाडि

प्रतिक्रिया