काठमाडौं - मलेसियाका पाम आयल उद्योगीहरूले प्लान्टेशन क्षेत्रमा भारत र पाकिस्तानी कामदारका लागि रोजगारी खुला गर्न माग गरेका छन् । हाल प्लान्टेशन क्षेत्रमा इन्डोनेशिया र बंगलादेशी कामदारले काम गरिरहेका छन् ।
उद्योगीहरूले ती दुबै देशबाट गएका कामदारले प्लान्टेशन उद्योगमा आवश्यक रहेकोे विदेशी कामदारको माग पूरा गर्न नसकेको भन्दै भारत र पाकिस्तानी कामदार ल्याउन अनुमति दिनुपर्ने माग गरेका हुन् ।
मलेसियाले जनवरी २८ बाट प्लानटेशन क्षेत्रमा विदेशी कामदार लैजान शुरू गरेको हो । तर पाँच महिनाको अवधि गुज्रिएको अवस्थामा पनि १ लाख २० हजार कामदारको अभाव रहेकोे बताइएको छ ।
प्रतिक्रिया