काठमाडौं - साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको जेद्धाह सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि ६० जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित मासिक तलब ३३ हजार माथिदेखि ५९ हजार बढि पाउनेछ । इच्छुक कामदारले लक्की एच. आर. सोलुसन प्रालिको कार्यालय जावलाखेल ललितपुरमा असार १० गते अन्तरवार्ता दिनुपर्ने छ ।
भिसा शुल्क, स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया