काठमाडौं - वैदेशिक रोजगार विभागले आकर्षक तलब र सुविधाको रोजगारीका लागि पोल्याण्ड पठाउँछु भन्दै ठगी गरेकोे अभियोगमा एक जनाविरूद्ध ३० लाख रूपैयाँ भन्दा बढीको बिगो दाबी गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।
पोल्याण्डमा कृषि काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने भनी काठमाडौं सुकेधारा बस्ने पूर्णकुमार दाहालले दोलखाकी सरिता भुजेललाई २१ लाख रूपैयाँ खर्च लाग्ने भन्दै २० लाख १० हजार लिई वैदेशिक रोजगारमा नपठाएको विभागले बताएको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको ठगीको मुद्दामा पूर्ण कुमारले दोलखाकी भुजेललाई जम्मा खर्च २१ लाख लाग्ने र पोल्याण्डमा कृषिको काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने कागजसमेत गरेको विभागले बताएको छ ।
शुरूमा २१ लाख लाग्ने कागज गरेपनि २० लाख २० हजार रुपैयाँ ठगी गरेको विभागले दाबी गरेकोे छ । रकम लिएर लामो समयसम्म नपठाएपछि रकम फिर्ता र वैदेशिक रोजगार ऐन अनुसार क्षतिपूर्तिको माग गर्दै भुजेलले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् ।
प्रतिक्रिया