स्थगित एचआईडिसिएलको अवितरित हकप्रद सेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने छ ।

फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा राखेर कम्पनीले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो । 

संस्थापक समूहको सेयर भए तापनि दोश्रो बजारमा सर्वसाधारण सरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो र सोहि आशयका समाचारहरु सञ्चार माध्यमहरुमा आएका थिए । 

कम्पनीको बैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता सेयर पुनस् लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया