काठमाडौं - कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि १८ जना पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित मासिक तलब ५१ हजार बढि पाउनेछ । इच्छुक कामदारले मोभिरा रिक्यूटमेन्ट कन्सलटेन्सी सर्भिस प्रालिको कार्यालय बुढानिलकण्ठ काठमाडौंमा असार ९ गते अन्तरवार्ता दिनुपर्ने छ ।
भिसा शुल्क, स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया