एजेन्सी - चीनले पाकिस्तानमा सुरक्षा कम्पनी सञ्चालनका निम्ति गरेको अनुरोधलाई इस्लामावादले अस्वीकार गरेको छ ।
चीनको राज्य सुरक्षा मन्त्रालयले पाकिस्तानमा सुरक्षा कम्पनी खोल्न गरेको अनुरोधप्रति आपत्ति जनाउँदै इस्लामावादले त्यसलाई अस्वीकार गरेको हो ।
गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा कुनै पनि देशले सुरक्षा कम्पनी स्थापना गर्न नसक्ने बताएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
पाकिस्तानमा रहेका आफ्ना नागरिकहरूमाथि बढ्दो आक्रमणलाई दृष्टिगत गर्दै चीनले यहाँ सुरक्षा कम्पनी खोल्न चाहेको बताइएको छ ।
प्रतिक्रिया