काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता दुई कम्पनीको सेयर सूचिकृत भएको छ । नेरुडे लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको सेयर सूचिकृत भएको हो ।
नेरुडे लघुवित्त
काठमाडौं । नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको १० लाख ६१ हजार २२४।२६ कित्ता शेयर सूचीकृत भएको हो ।
नेरुडे लघुवित्तले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई २१.४८७६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोही बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सिद्धार्थ इन्स्योरेन्स
नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सो प्रतिशत दरका १६ लाख ८० हजार कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।
प्रतिक्रिया