पब्जी निर्माता कम्पनी क्राफ्टनले कम्पनीद्धारा पहिलो भर्चुअल मानिस सार्वजनिक

३ बर्ष अगाडि

एजेन्सी - पब्जी निर्माता कम्पनी क्राफ्टनले कम्पनीको पहिलो भर्चुअल मानिस सार्वजनिक गरेको छ । कम्पनीले हाइपररियालिजम, रिगिङ र डिप लर्निङमा आधारित भर्चुअल मानिस निर्माण गरेको हो, जसलाई ‘आना’ दिइएको छ ।

कम्पनीले यो वर्षको फेब्रुअरी महिनामा नै आना सार्वजनिक गर्ने योजना बनाएको थियो । कम्पनीको वेब ३।० इकोसिस्टमलाई स्थापित गर्न यो भर्चुअल मानिस निर्माण गरिएको कम्पनीको भनाइ छ ।

विश्वभरका प्रयोगकर्ताले यो भर्चुअल मानिसलाई सहजै स्वीकार गर्न सकुन् भन्ने उद्देश्यले कम्पनीले डिजिटल क्यारेक्टर र वास्तिक मानिसहरूबीचको अन्तरलाई पुर्न काम गरेको जनाइएको छ ।

भो भर्चुअल मानिसको तस्वीर हेर्दा ठ्याक्कै कुनै वास्तविक मानिसकै तस्वीरजस्तो देखिन्छ । यो तस्वीर कुनै महिलाको तस्वीरजस्तै छ ।

यो तस्वीरमा वास्तविक मान्छेको जस्तै आँखाका नानीहरू, कपाल, दाँत, चिउँडो लगायत अनुहारको आकृति यो भर्चुअल मानिसमा दिइएको छ ।

हाललाई यो भर्चुअल मानिसको टाउकोको भाग मात्र सार्वजनिक गरिएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया