असार १२ गतेदेखि सर्भेयर एसोसिएसनले गोष्ठीको आयोजना गर्ने, उद्घाटन उर्जामन्त्रीले गर्ने

३ बर्ष अगाडि

काठमाडौं - बीमा सर्भेयर संघले असार १२ गतेदेखि होटल यलोप्यागोडामा ‘जलविद्युत शक्तिस् सेतो सुन’ शिर्षकमा जलविद्युत क्षेत्रसँग सम्बन्धित सरोकारवाल पक्षहरु सँग एक दिने विचार गोष्ठी आयोजना गर्ने भएको छ । संघले जलविद्युत क्षेत्र सँग सम्बन्धित उध्यमी, लगानीकर्ता, बैंकर, बीमक, बिवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्ताहरु सँग छलफल तथा गोष्ठी गर्नेछ ।

नेपाल जलविद्युत शक्तिको स्रोतको लागि विश्वमा नै धनि राष्ट्र भएको र जलविद्युतलाई सेतो सुनको रुपले नामाकरण गरिन्छ । नेपालको अर्थतन्त्र लगायत समष्टि विकासको लागि जलविद्युतले गर्न सकिने योगदानलाई नकार्न सकिदैन भन्ने ध्येयका साथ यो कार्यक्रमको आयोजना गर्न थालिएको संघका अध्यक्ष मोहनपुरुष ढकालले जानकारी दिए ।

यस गोष्ठीले यस क्षेत्र सँग सम्बन्धित लगानी गर्न चाहने उद्योमी, लगानीकर्ता  तथा बैंकरहरु, आफ्नो लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बीमक तथा पूर्नबीमक, भवितव्य भइ क्षति भएमा क्षतिको मूल्याङ्कन गर्ने क्षति मूल्याङ्कनकर्ता, यस उद्योगमा कुनै बिवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्ता, सम्पुर्ण लगानीकर्ताहरुको लगानी सुरक्षालाई बीमा क्षेत्रमा नियमन गर्ने नियामनकारी निकाय विचको अकर्मणयताको निदान गर्न, असमझदारीको खाडल पुर्न, मार्ग निर्देशन गर्नुका साथै सम्बन्धित निकायलाई उपयुक्त नीति निर्माण गर्न सहायक भुमिका हुने आयोजकले जनाएका छन् ।

यस कार्यक्रममा जलविद्युत लगानिकर्ता, विकासकर्ता, विशेषज्ञ तथा इन्जिनियर, निर्माण व्यवसायी, बैंकर, बीमा तथा पुनर्बीमा विज्ञ तथा कर्मचारीहरु, क्षति मूल्याङ्कनकर्ता, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका कर्मचारी र यस उद्योगसँग सम्बन्धित अन्य व्यवसायी तथा इन्छुक व्यक्ति सहित १५० देखि २०० जनासम्मको सहभागिता हुने आयोजकले जनाएका छन् ।

यस कार्यक्रम विशेष गरी जलविद्युत तथा उर्जा विकासकर्ताहरुलाई लक्षित गरी सो क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुलाई एकै स्थानमा राखि आ(आफ्नो ज्ञान आदान प्रदान तथा वृहत छलफल र प्रस्तुत हुने हुँदा सो कार्यक्रममा सहभागी हुन संघले आह्वान गरेको छ ।

गोष्ठी कार्यक्रममा सहभागिता जनाउन चाहने व्यक्ति तथा संस्थाहरुलाई प्रायोजक बन्न समेत संघले आह्वान गरेको छ । संघका अनुसार स्वर्ण आयोजक बन्नका लागि एक लाख रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तो प्रायोजनकर्ताले आफ्ना तीन जनालाई गोष्ठीमा सहभागी गराउन सक्छन् । त्यस्तै उनिहरुले विभिन्न सुविधा पाउनेछन् ।

त्यस्तै चाँद प्रोयजक बन्नका लागि ७५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस्तो प्रयोजकले आफ्ना दुई जना प्रतिनिधिहरुलाई गोष्ठीमा सहभागी गराउन पाउने छ । ताम्र प्रयोजकका लागि ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस्तो प्रायोजकले एक जना सहभागीका साथै अन्य सुविधाहरु पाउने संघले जनाएको छ । यस बाहेक व्यक्ति रुपमा सहभागिता जनाउने चाहने व्यक्तिले १० हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

संघले सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई प्रयोजक बन्न अनुरोध गरेको छ । बीमा समिति, राष्ट्रिय पुनर्बीमा कम्पनी र जलविद्युत कम्पनीहरुले पनि यस कार्यक्रमको प्रायोजक बन्ने संघले जानकारी दिएको छ । सर्भेयर एसोसिएसनले पहिलो पटक यस्तो कार्यक्रम गर्न थालेको हो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया