काठमाडौं - त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ्ग) अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य बीमा बोर्डले रकम भुक्तानी नगरेको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको हो ।
शुक्रबार अस्पतालले एक सूचना जारी गर्दै २०७७ मंसिर देखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमतहरुको उपचार सेवा प्रदान गरे वापत रकम प्राप्त नभएपछि स्थगित गर्नु परेको जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नु पर्ने रकम भुक्तानी नगरेकोले २०७९ असार १५ गते देखि अर्को सूचना जारी नहुन्जेलसम्म अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने जनाएको हो ।
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको लागि सरकारले हरेक वर्ष बजेट छुट्टाउदै आइरहेको छ । बोर्ड स्वास्थ्य बीमा कार्यम्रम प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको भन्दै बीमा कम्पनीहरुलाई सञ्चालन गर्ने दिने आगमी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।
यद्यपी सरकारले लिएको त्यस्तो नीतको चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिक्रिया