काठमाडौं - अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले बीमा विद्येयक सम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश गरेका छन् । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको समितिले दफावार छलफल गरी उनले प्रतिवेदन पेश गरेका हुन् ।
बीमा विद्येयक सम्बन्धी विद्येयक संसदले २०७५ साउन २१ गते दफावार छलफलको लागि अर्थ समितिमा पठाएको थियो । संसदले पठाएको उक्त विद्येयक समितिले २०७५ मंसिर १७ गतेदेखि दफावार शुरुवात गरेको थियो ।
समितिका सभापति दाहालले १७ वटा बैठकमा बीमा विद्येयक सम्बन्धी दफावार छलफल भएको संसदमा जानकारी गराए । बीमा क्षेत्रका सरोकारवालाहरुको उपस्थितिमा दफावार छलफल गरी आवश्यक परिमार्जन सहित प्रतिवेदन पेश गरिएको समितिका सभापति दाहालको भनाइ छ ।
संसदमा प्रतिनिधी सभाका १३ जना सदस्यहरुले ८५ बुँदामा संशोधन गर्नुपर्ने सुझाव पेश गरेका थियो । समितिले असार २ गते बीमा विद्येयकको दफावार छलफल सकाएर आजै संसदमा प्रतिवेदन पेश गरेको हो ।
प्रतिक्रिया