काठमाडौं - प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल ९बीएसी०को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि विकेन्ड ईएमबिए प्रोग्राम सुरु हुने भएको छ ।
बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेन्ड ईएमबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था हो ।
आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यावसायिकहरुका लागि यो परिवर्तनकारी नेतृत्व पाठ्यक्रम बनाइएको हो । अब झन् यो सहज र सन्तुलित बनाइएको छ ।
यो प्रोग्रामको करिकुलम निकै लचिलो रहेको कलेजले जनाएको छ । यो प्रोग्राम विद्यार्थीहरुलाई शुक्रबार साँझ, शनिबार बिहान र दिउँसो र प्रत्येक दोस्रो आइतार कक्षाहरु सञ्चालन हुनेछन् । विद्यार्थीले काम गर्दै सहज र सरल रुपमा अध्ययन गर्ने वातावरण द ब्रिटिस कलेजले उपलब्ध गराउन लागेको हो ।
इएमबिए अध्ययन गर्न आवेदन दिन चाहने विद्यार्थीले करिब दुई वर्षको व्यवस्थापकिय अनुभव हुनुपर्नेछ । वरिष्ठ व्यवस्थापन र नेतृत्वदायी भुमिकामा खेल्ने व्यवसायिकहरुलाई यस विषयले लक्षित गर्छ । ब्रिटिस कलेजले आफ्नो नेटवर्कमार्फत विद्यार्थीहरुलाई अवसरहरु ९जस्तैः प्रमुख उद्योग सल्लाहकार बोर्डसँग भेट्ने, कन्सलटेन्सी प्रोजेक्टमा० प्रदान गर्नेछ ।
ब्रिटिस कलेजमा विकेन्ड ईएमबिए प्रोग्रामका लागि भर्ना सुरु भइसकेको छ । यसका साथै, पहिलो इन्टेकमा अध्ययन गर्ने विद्यार्थीहरुले दुवई वा सिंगापुरमा अन्तर्राष्ट्रिय एक्सपोजर पाउनेछन् ।
प्रतिक्रिया