कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन सीडीएससीको ताकेता

३ बर्ष अगाडि

काठमाडौं - सीडीएस एन्ड क्लियरिङ लिमिटेडले कम्पनीहरु वार्षिकलगायतका शुल्क तिर्न ताकेता गरेको छ । 

सीडीएससीले असार ३ गते एक सूचना प्रकाशित गर्दै धितोपत्र निष्कासनकर्ता कम्पनीहरुलाई वार्षिकलगायतका शुल्क तिर्न ताकेता गरेको हो । 

सूचनामा सीडीएससीमा धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार सेयर) अभौतिकीकरण ९डिम्याट० गराएका कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा बुझाउनुपर्ने वार्षिक शुल्क र सफ्टवेयर मर्मत शुल्क बुझाउन आग्रह गरिएको छ । 

त्यस्तै सी–आस्बा निर्देशिका, २०७४ को अनुसूची–३ बमोजिम वार्षिक सफ्टवेयर शुल्क यथाशीघ्र सीडीएससीको बैंक खातामा जम्मा गर्न सूचनामा आग्रह गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया