काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा अहिले दिउँसो ३ बजे सम्पन्न भएको हो ।
गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ७ रहेको छ । ७ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएको थियो ।
गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका छन् । बाँकी १६ लाख ५५ हजार ३ सय ९५ जनाको भने हात खाली भएको छ ।
प्रतिक्रिया