कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड

३ बर्ष अगाडि

काठमाडौं - कुमारी क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाई बाँडफाँड भएको छ । कुमारी सामुहिक लगानी कोष अन्तर्गत कुमारी धनवृद्धि योजना नामको १० वर्षे अवधिको बन्दमुखी योजनाको इकाई शुक्रबार बाँडफाँड भएको हो ।

कुमारी धनबृद्धि योजनाको प्रति इकाई रु १० दरको १२ करोड इकाई जेठ १० १२ देखि जेठ २६ गते सम्म निष्काशन भएको थियो । क्यापिटलका अनुसार विजपूँजी वापतको १ करोड ८३ लाख ७६ हजार ८९ इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी रहेको १० करोड ४१ लाख ३१ हजार १७० इकाई अन्य आवेदकलाई बाँडफाँड गरिएको छ ।

आवेदक दिएका १ लाख ३९ हजार १३९ जना मध्ये रितपुर्वक आवेदन दिनेने १ लाख ३९ हजार ०९३ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ भने दोहोरो आवेदन दिने ४६ जना आवेदकहरुको आवेदन रद्द भएको छ । यसरी बाँडफाँड गर्दा इकाई १०० देखि १००,००,००० सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले यस योजनामा पहिलो २ वर्ष १० प्रतिशत, त्यसपछि ४ वर्ष १२ प्रतिशत, त्यसपछिको २ वर्ष १५ प्रतिशत र अन्तिम वर्ष १० वर्ष गरि दश वर्षको अवधिमा १०८ प्रतिशत लाभांश बितरण गर्ने प्रक्षेपण गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया