काठमाडौं - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) असार ३ गते शुक्रबार बाँडफाँड भएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको धितोपत्र निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा भएको हो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएको थियो । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका छन् । बाँकी १६ लाख ५५ हजार ३ सय ९५ जनाको भने हात खाली भएको छ ।
अन्तिम दिनसम्म कुल १७ लाख ९१ लाख ८ सय ९५ जना लगानीहरूले यस आईपिओमा आवेदन दिएका थिए । जसमध्ये २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ । बाँकी १७ लाख ८९ हजार १ सय ५७ जना योग्य आवेदकलाई बाँडफाँडमा सहभागी गराइएको थियो ।
कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
प्रतिक्रिया