लक्ष्मी क्यापिटलको रु. ५० करोडको शुभलक्ष्मी कोष निष्कासनका लागि बोर्डले दियो अनुमति

३ बर्ष अगाडि

काठमाडौं- नेपाल धितोपत्र बोर्डले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ५० करोड रुपैयाँबराबरको ‘शुभलक्ष्मी कोष’का इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ। 

धितोपत्र बोर्डले गत जेठ ३१ गते यो योजनाका इकाइहरु निष्कासन गर्न अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइको बिक्री खुला गर्नेछ। 

यो खुलामुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकका रुपमा लक्ष्मी बैंक लिमिटेड रहेको छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया