सरकार कहाँ छ भन्दै ब्याङगात्मक रुपमा लगानीकर्ताहरुले निकाले  लालटिन जुलुस

४ बर्ष अगाडि

काठमाडौं- पुँजी बजार सुधारका लागि अनशन बसेका लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइरलालाई समर्थन गर्दै लगानीकर्ताहरुले लाल्टिन जुलुस निकालिएका छन् । बिगत तीन दिनदेखि नेपाल धितोपत्र बोर्ड अगाडि अनशन बसिरहेका संयोजक कोइरालाले राखेका माग पूरा गर्न सरकार असमर्थ भएपछि सरकार कहाँ छ भन्दै ब्याङगात्मक रुपमा लगानीकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् ।

लगानीकर्ताले बोर्ड अगाडिबाट सातदोवाटोसम्म लाल्टिन र प्याम्प्लेट बोकी चर्को नारा लगाउँदै सातदोवाटोसम्म पुगेका छन् ।

लगानीकर्ताहरुले ‘स्थिर ब्याजदर लागु गर,’ ‘४÷१२ को नीति खारेज गरे,’ ‘नीतिगत भ्रष्टाचार अन्त्य गर’ जस्ता नारा लगाएर प्रर्दशन गरिरहेका छन् ।

अनसनरत कोइरालाको मागप्रति समर्थन जनाउँदै राजनीतिक दलका नेता पनि उनी अनशनरत स्थल पुगेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अनशनरत कोइरालाई भेट गरेका छन् । यसैगरी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहलगायतका व्यक्तिहरु अनशनरत कोइरालाई भेट गरेका छन् ।

समितिले केन्द्रीय बैंकले शेयर धितो कर्जामा लगाएको ४ र १२ को सिमालाई संशोधन गर्नुपर्ने, सिडि रेशियो हटाएर सिसिडि रेशियो नै कायम गर्नुपर्ने, शेयर धितो कर्जाको जोखिम भार घटाउनुपर्ने लगायतका १९ बुँदे माग राखेर आन्दोलन थालेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया