काठमाडौं, नेपाल वाटर फर हेल्थ नामक गैरसरकारी संस्थन (एनजीओ)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
यस एनजीओले प्रदेश प्रमुखमा २ जना, आरडि र कोष सङ्कलन संयोजक १ जना गरि जम्मा तीन जना कर्मचारी आवश्यक भएको जानकारी दिएको छ ।
प्रदेश प्रमुख पदका लागि पाँच वर्षको अनुभव साथै स्नातकोत्तर वा दश वर्ष कामको साथै स्नातक डिग्री गरेको हुनुपर्नेछ । त्यसैगरी आरडि र कोष सङ्कलन संयोजकका लागि एनजीओ वा आरडीसँग काम गरेको न्यूनतम पाँच वर्षको अनुभव र भएको स्नातक डिग्री गरेको र कोष सङ्कलनमा कम्तिमा दुई वर्षको अनुभव हुनुपर्नेछ ।
इच्छुक र योग्य व्यक्तिले यहि असार १२ गते सम्म तल उल्लेखित ठेगानामा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया