काठमाडौं- साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार ओरालो लागेको छ ।
नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक ७.५७ अंकले घटेर १९७१.३६ को बिन्दुमा झरेको छ । सरकारले दुईदिन सार्वजनिक विदा खारेज नेप्सेले आइतबारदेखि शुक्रबारसम्म शेयरबजार सञ्चालन रहने आधिकारीक सूचना प्रकाशित गरेको थियो ।
नेप्सेले शुक्रबार ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्रै शेयरबजार खोल्ने निर्णय गरेको थियो । जसको प्रभाव आजको शेयरबजारको इन्डेप्थले देखाएको छ । शुक्रबार कारोबारको समयावधि घटेसँगै आज पुँजीबजारमा जम्मा ७३ करोडको मात्रै कारोबार हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १० करोड १४ लाख ७० हजार ८७९ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, सेन्चुरी कमर्सियल बैंकको ६ करोड ४७ लाख, एनसीसी बैंकको ४ करोड ९ लाख, कुमारी बैंकको २ करोड ८६ लाख र लक्ष्मी बैंकको २ करोड २६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया