महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज गार्डेन इको रिसोर्टमा छुट

३ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले हेटौँडा–११ स्थित कालिज गार्डेन इको रिसोर्टमा छुट पाउने भएका छन् । 

उक्त छुटका लागि  महालक्ष्मी विकास बैंक र कालिज गार्डेन इको रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर ९स्क्यान पे० महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया