काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अहिलेसम्म झन्डै १५० गुणा बढी आवेदन परेको छ ।
सीडीएससीका अनुसार बिहीबार साँझसम्म उक्त आईपीओमा ८ लाख ९ हजार ४३७ आवेदकबाट कुल ९३ लाख ४ हजार ४२० कित्ता सेयर खरिद आवेदन परेको छ । जुन मागभन्दा १४८.५९ गुणा बढी हो ।
लघुवित्तले गत असार १ गतेदेखि ६७ लाख रुपैयाँबराबर आईपीओमा आवेदन खुला गरेको छ । संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।
कुल कित्तामध्ये ३ हजार ३५० कित्ता ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर ९०.५ प्रतिशत० कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा भाग्यमानी ६ हजार २६१ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये भाग्यमानी ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओको निष्कासन बन्द असार ६ गते बैंकिङ समयपछि हुनेछ ।
प्रतिक्रिया