आज शुक्रबार पनि सेयर कारोबार हुने, २ घन्टामात्रै खुल्ने

४ बर्ष अगाडि

काठमाडों - आज शुक्रबार २ घन्टामात्रै सेयर कारोबार हुनेछ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत जेठ २५ को निर्णयअनुसार असारबाट सातामा ६ दिन कारोबार हुनेछ । 

यसअघि सातामा ५ दिनमात्रै कारोबार हुन्थ्यो। नेप्सेको निर्णय अनुसार आइतबारबाट बिहीबारसम्म पूर्ववत समय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अर्था ४ घन्टा सेयर कारोबार हुनेछ। 

शुक्रबार भने बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म अर्थात २ घन्टामात्रै सेयर कारोबार हुनेछ ।सरकारले यसअघि जेठमा परीक्षणका रुपमा सातामा २ दिन बिदा ९शनिबार र आइताबर० दिने निर्णय गरेको छ । 

सोहीअनुसार सेयर बजार पनि सोमबारदेखि शुक्रबारसम्म खुला गर्ने नेप्से निर्णय गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया