अब टुटल पठाओजस्ता राइड शेयरिङ कम्पनी प्रदेश सरकारमा पनि दर्ता हुनुपर्ने, शुल्क कति ?

३ बर्ष अगाडि

कठमाडौं - राइड शेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अब बागमती प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत टुटल पठाओजस्ता राइड शेयरिङ कम्पनीलाई समेट्दै आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने जनाइएको छ ।

विद्युतीय सूचना प्रणाली (एप) मार्फत दुई पांग्रे सवारीमात्रै प्रयोग गरी भाडामा यात्रु बोक्ने कम्पनीको दर्ता शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने चारपाँग्रेमार्फत सेवा दिने कम्पनीले ५० हजार बुझाउनुपर्ने छ । 

एपमार्फत दुई पांग्रे र चार पांग्रे दुवै सवारी भाडामा उपलब्ध गराउने कम्पनीको दर्ता शुल्क ७० हजार रुपैयाँ तोकिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया