नेपाल बैंकले दुई अर्ब ५० करोडको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धको काम नबिल इन्भेष्टमेण्ट बैंकिङले गर्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल बैंकले निष्काशन गर्न लागेको दुई अर्ब ५० करोड रुपैंयाको डिबेन्चरको बिक्री प्रबन्धकत्वको काम नबिल इन्भेष्टमेण्ट बैंकिङले गर्ने भएको छ ।

“१०.५०५ नेपाल बैंक ऋणपत्र २०८४” को १ हजार रुपैंया अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि नेपाल बैंक र नबिल इन्भेष्टका बिचमा सम्झौता भएको हो ।

५ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.५० प्रतिशत रहेको छ । उक्त सम्झौता पत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीने नबिल इन्भेष्टले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया