नवील बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी

३ बर्ष अगाडि

काठमाडौं - नवील बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्रबैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ । 

राष्ट्रबैंकका प्रवक्ता डा। गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव एकदुई दिनमै सञ्चालक समितिमा लगिने जानकारी दिए । 

केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नवीलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल केहीको दिन ढिलाईपछि अगाडि बढेको छ । 

नवील बैंकले समेत राष्ट्रबैंकमा फाइनल अप्रूभलका लागि ताकेता गरिरहेको ती अधिकारीले जानकारी दिए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया