काठमाडौं,-अर्थसमितिले बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विवादित विषयमा सहमति जुटाएको छ । अर्थसमितिले बीमा कोष, सञ्चालक समितिको संचरना, बीमाको किसिम र प्रकारलगायत यसभन्दा अगाडी उठेका अधिंकाश विवादित विषयमा सहमति गरेको हो ।
आजै बसेको अर्थसमितिको बैठकले विवादित विषयमा टुङ्गो लगाएर प्रतिवेदनमा उल्लेख गर्ने र उक्त प्रतिवेदन राष्ट्रिय सभामा पेश गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभामा बीमा विधेयक माथि छलफल भएर पारित गरेपछि फेरि संघिय सभामा पेश हुनेछ । दुवै सभाबाट पारित भएर राष्ट्रपतिले लालमोहर लगाएपछि मात्रै बीमा विधेयक ऐनको रुपमा लागू हुनेछ ।
यसअघि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा विधेयकमा बीमा प्राधिकरणको सञ्चालक समिति तथा अध्यक्ष नै परिवर्तन हुने व्यवस्था थप गरेपछि धेरै विवाद भएको थियो ।
प्रतिक्रिया