महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरमा आकर्षक छुट

३ बर्ष अगाडि

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेड र काठमाडौंको महाराजगन्जस्थित काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टर प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड र क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया