काठमाडौं- साताको चौथो कारोबारको दिन (बिहीबार) एक सातापछि शेयर बजार सकरात्मक देखिएको छ ।
गत साता बुधबार ६० अंकले बढेर ओरालो लागेको नेपालस् स्टक एक्सेञ्च (नेप्सें) परिसुचक एक सातापछि आज (बिहीबार) १२.५७ अंकले बढेको हो । नेप्से परिसुचक आज ०.६४ प्रतिशतले उकालो लागेर १९७८.९४ को बिन्दुमा पुगेको हो ।
नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।
आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० रुपैयाँका दरले शेयरमूल्य बढेसँगै १३ करोड ८८ लाख ९७ हजार १५१ रुपैयाँको कारोबार भएको हो ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमा लाइफ इन्स्योरेन्स र लगानी उपसमूह बाहेकका सबै उपसमूहको सूचक कारात्मक देखिएको छ। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २.८१ प्रतिशतले बढेको छ।
यस दिन आँधिखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने रिभर फल्स हाइड्रोपावरको ९.९७ प्रतिशत, सामुदायीक लघुवित्तको ९.९६ प्रतिशत र कालिका लघुवित्तको ७.६९ प्रतिशतले बढेको छ।
यता लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ भने राष्ट्र उत्थान लघुवित्तको ३.४१ प्रतिशत, माउन्टेन इनर्जीको २.७२ प्रतिशत र हिमालयन पावर पार्टनरको २.०६ प्रतिशतले घटेको छ।
प्रतिक्रिया