नेपाल टेलिकमसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बिहीबार) एक सातापछि शेयर बजार सकरात्मक देखिएको छ ।

गत साता बुधबार ६० अंकले बढेर ओरालो लागेको नेपालस् स्टक एक्सेञ्च (नेप्सें) परिसुचक एक सातापछि आज (बिहीबार) १२.५७ अंकले बढेको हो । नेप्से परिसुचक आज ०.६४ प्रतिशतले उकालो लागेर १९७८.९४ को बिन्दुमा पुगेको हो । 

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।

आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० रुपैयाँका दरले शेयरमूल्य बढेसँगै १३ करोड ८८ लाख ९७ हजार १५१ रुपैयाँको कारोबार भएको हो ।

साथै एनआइसी एशिया बैंकको ३ करोड ५७ लाख र नबिल बैंकको २ करोड ५० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया