एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

३ बर्ष अगाडि

काठमाडौं- एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज सम्पन्न भएको छ ।  सभा आज असार २ गते (बिहिबार)का दिन अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ । 

उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गर्नुका साथै सम्पत्ति दायित्व मुल्याङ्कन (म्म्ब्) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गर्‍यो ।

सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गर्‍यो  । 

३ बर्ष अगाडि

प्रतिक्रिया