विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, १ लाख ३६ हजार ५०० ले पाउने

४ बर्ष अगाडि

काठमाडौं - विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा हुनेछ । 

आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ३ बजेपछि हुने सानिमा क्यापिटलले जनाएको छ । यो कम्पनीले गत जेठ २० गतेदेखि जेठ २५ गतेसम्म आईपीओ बिक्री गरेको थियो । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले कुल कित्तामध्ये ६० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी हुन आउने १३ लाख ६५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो । 

आईपीओमा निष्कासनको अन्तिम दिनसम्म कुल १८ लाख ४८ हजार ७०१ आवेदकबाट २ करोड १९ लाख ७२ हजार ५२० कित्ता माग भएको छ । मागभन्दा बढी आवेदन परेकै करण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । 

गोलाप्रथाबाट भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । बाँकी १७ लाख १२ हजार २०१ आवेदकको हात खाली हुनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया