साना किसान विकास लघुवित्तमा कर्मचारी आवश्यकता, असार ३१ गतेभित्र आवेदन दिनुपर्ने

३ बर्ष अगाडि

काठमाडौं- साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । 

लघुवित्तले आवश्यकताअनुसार केन्द्रीय कार्यालय तथा इलाका कार्यालयहरुका लागि करार सेवामा अधिकृतमा २ जना कर्मचारी माग गरेको छ । सो का लागि लघुवित्तले १६ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

त्यस्तै, स्थायी सेवाअन्तर्गत प्रबन्धक।अधिकृत र बरिष्ठ अधिकृतमा २–२ जना कर्मचारी माग गरेको छ । साथै वरिष्ठ सहायक (सूचना प्रविधि) एकजना र इलाका कार्यालय बनेपा, अत्तरिया, नेपालगंज, बर्दिबास र बुटवलका लागि सहायक एक–एकजना माग गरेको छ ।

कम्पनीले अधिकृत लेभलका लागि चार्टर्ड अकाउन्टेन्ट उत्तीर्ण, सूचना प्रविधि वरिष्ठ सहायकमा सूचना प्रविधिामा स्नातक तह र सहायकका लागि प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

इच्छुक ब्यक्तिले असार ३१ गतेभित्र कम्पनीको वेबसाइट http://jobs.skbbl.com.np/rec मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया