मुलुकको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बिओके, कूल पुँजी ५२ अर्ब २९ करोड

३ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेड मुलुककै सबैभन्दा ठूलो बैंक हुने भएको छ ।

विहीबार दुई बैंकबीच १ः१ को स्वाप रेसियो कायम गर्ने गरी एक आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी भएको हो ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५२ अर्ब २९ करोड, चुक्ता पूँजी ३४ अर्ब ४१ करोड, कूल निक्षेप ३८४ अर्ब, कूल कर्जा ३८० अर्ब सहित कूल पुँजी चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ । 

साथै, दुवै बैंकले जेष्ठ मसान्त सम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् ।२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया