अभियान लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग, प्लस टु उत्तीर्णलाई पनि अवसर

३ बर्ष अगाडि

काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले  विभिन्न पदमा कर्मचारी माग गरेको छ ।   लघुवित्तले एक सूचना प्रकाशित गर्दै कम्पनीको विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।

लघुवित्तले वरिष्ठ अधिकृत।अधिकृत, अधिकृत।कनिष्ठ अधिकृत (सूचना प्रविधि)मा एक–एक जना कर्मचारी माग गरेको हो । त्यस्तै, कनिष्ठ अधिकृत, सुपरभाईजर, वरिष्ठ सहायक।सहाकय, कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले वरिष्ठ अधिकृतका लागि स्नोकोत्तर, अधिकृतका लागि स्नातक र अन्य पदका लागि स्नातक वा प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया