एजेन्सी - अमेरिकी केन्द्रीय बैंकले बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न झन्डै ३० वर्षयताकै सबैभन्दा उच्च दरले ब्याजदर बढाएको छ । फेडरल रिजर्भले आफ्नो मुख्य ब्याजदरलाई प्रतिशत बिन्दुको तीन चौथाइका दरले वृद्धि गर्दै १.५ प्रतिशतदेखि १.७५ प्रतिशतको दायरामा पुर्याएको छ ।
सन् २०२० मा अमेरिकामा केन्द्रीय बैंकले यस वर्षको मार्चमा ०.२५ प्रतिशत र मेमा अर्को आधा प्रतिशत बिन्दु गरी दुई पटक ब्याजदर बढाइसकेको छ। अहिले भने ०.७५ विन्दुले बढाएको हो ।
गत शुक्रवारको तथ्याङ्कले मे महिनामा अमेरिकी मुद्रास्फीति ८.६ ले बढेको बढेको देखाएको छ। त्यो भनेको सन् १९८१ पछिको सबैभन्दा तीव्र गतिको वृद्धि हो। यसै कारण ब्याजदरमा बृद्धि गर्ने पक्षमा केन्द्रिय बैंक देखिएको हो ।
प्रतिक्रिया