कतिमा कारोबार हुँदैछ बिटकोइन ?, किन मूल्य ओरालो ?

३ बर्ष अगाडि

एजेन्सी - बिहीवार एउटा बिटकोइन २२,१२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । गएको पाँच दिनयता यसमा २५ प्रतिशत गिरावट आएको छ । विगत १८ महिनामा यो सबैभन्दा कम मूल्य पनि हो ।

गएको नोभेम्बरमा बिटकोइनको मूल्य हालसम्मकै उच्च ७०,००० डलर रहेको थियो । विगतको महिनामै पनि बिटकोइनको मूल्य ओरालो लागिरहेको देखिन्छ ।

विज्ञहरूका अनुसार विश्वव्यापी आर्थिक अवस्था कारण यस्तो भएको हो। क्रिप्टोबजारमा मात्रै होइन अहिले सबैतिर समस्याहरू देखिएका छन् ।

मन्दी सन्निकट देखिन्छ भने महँगी आकासिएको छ  ब्याजदर बढिरहेको छ भने जीवनयापनको खर्च धान्नै नसकिने अवस्थामा पुगेको छ। सेयर बजार पनि अस्थिर छ ।

यसको परिणाम स्वरूप ठूला लगानीकर्ताहरूको पनि आफ्नो रकमलाई लिएर हात बाँधिएको छ । सामान्य लगानीकर्ताहरूलाई लगानी गर्न गाह्रो अवस्था छ ।

धेरैका लागि जोखिमपूर्ण र पूर्वानुमान गर्न नसकिने क्रिप्टोकरेन्सी जस्ता क्षेत्रमा लगानी गर्नु यस्तो बेलामा ठूलो जोखिम हुने देखिन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया