दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट,शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो कारोबारको दिन(बिहीबार) नेपाल स्टक एक्सेञ्च (नेप्से)मा कारोबारको करिब आधा घण्टाको अवधीमा दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज आँधीखोला लघुवित्तको शेयरमूल्य १० प्रतिशत र रिभर फल्स पावर लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको हो ।

आँधीखोला लघुवित्तको शेयरमूल्य बढेर रु.५४२.५० र रिभर फल्स पावर लिमिटेडको शेयरमूल्य रु.२९०.२० पुगेको हो । 

रिभर फल्स पावरको आज पहिलो कारोबार प्रतिकित्ता २६३ रुपैयाँ ९० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर असार १ गते, बुधबार, नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २७ लाख ३० हजार र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया