प्रि ओपन सेसनमा हरियो बिन्दुमा नेप्से,६३५ कित्ता खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २९.८९ अंक घटेर १९६६.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५२ अंक बढेर १९६६.८९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८ स्टकको १ लाख ४८ हजार ४७६ रुपैयाँ ५० पैसा बराबरको ६३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया